अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए

 कोरखबर   ७ पौष, २०७८



७ पुस, हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् ।

खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए ।

माइती पक्षले २९ मंसिर राती चन्द्रेको घरै पुगेर दुबै जनालाई कुटपिट गर्दै लिएर गएका थिए । छोरा बेपत्ता भएपछि उनका आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए ।

युवती माइती घरमै भेटिए पनि युवक एक सातादेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको ३५ टोलीले चन्द्रेलाई गएराती खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो ।

युवतीका परिवारले मारिदिने र बाल विवाहको मुद्दा लगाएर जेल हाल्ने धम्की दिएका कारण आफू लुकेर बसेको चन्द्रेले बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post