भोलिका लागी बोलाईयो न्याय सेवा आयोगको बैठक

 कोरखबर   ६ पौष, २०७८



 पुस ६, काठमाण्डौ । न्याय परिषद्ले भोलि बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहनुभएको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि जबरासँग इजलास साझा गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमै रहेको नेपाल बार एसोसिएशनले न्याय सेवा आयोगको बैठक नराख्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दबाब दिएको थियो । आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरूको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post