मकवानपुरमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु

 कोरखबर   ६ पौष, २०७८



६ पुष, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर गएराती १० बजे पल्टिँदा बीचमा रहेका स्थानीय २५ वर्षीय सुमन बयलकोटीको मृत्यु भएको हो ।

बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएरातीनै मृत्यु भएको हो । स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post