राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

 कोरखबर   ६ पौष, २०७८



पुस ६, काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका कारण अघि बढ्न सकेन । बैठक अघि नबढेसँगै अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आर्थिक वर्ष २०७६/०७७  र आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद देवेन्द्र दाहालले आफूहरूको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताएका थिए । उनले १०औँ बैठकदेखि नै आफूहरूले उठाएको माग सम्बोधन हुन नसकेका कारण सहज रूपमा बैठक अगाडि बढाउन नदिने बताएका थिए ।

प्रतिनिधिसभाका सभामुखले आफूहरूले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको उनको तर्क थियो ।

एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको तिमिल्सनाले जानकारी दिएका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post