संसद बैठक आज बस्दै, यस्ता छन् कार्यसूची !

 कोरखबर   ५ पौष, २०७८



६ पुष, काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार (आज) दिउँसो १ बजे बस्दैछ। एक सातापछि संसद बैठक बस्न लागेको हो।

गत मंगलबार संसदको दसौं अधिवेशनको पहिलो बैठक बसेको थियो। सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको थियो। एमालेको अवरोधकैबीच कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले केही अध्यादेश पेश गरेका थिए।

आजको बैठकमा मन्त्री बडुले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बडुले प्रस्ताव प्रस्तुत गर्नुपहिले प्रेम सुवालले सो अध्यादेश अस्वीकार गरियोस् भन्ने ‘सूचना’ प्रस्तुत गर्नेछन्।

त्यस्तै गत मंगलबार पेश भएको अध्यादेश ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव मन्त्री बडुले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post