सत्ता गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक शुरु

 कोरखबर   ४ पौष, २०७८



४ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। सर्वदलिय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।

सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ । बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post