सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै

 कोरखबर   ४ पौष, २०७८



पौष ४, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने सरकार प्रवक्तसमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । सो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । एमालेले आजको बैठकमा पनि सहभागी नहुने बताएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post