आइतबार उपत्यकामा सार्बजनिक बिदा !

 कोरखबर   २ पौष, २०७८



पुस २, काठमाडौं । सरकारले आइतबार (पुस ४ गते) का लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकाका लागि बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा बिदा तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post