सिराहा दुर्घटना : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो !

 कोरखबर   २ पौष, २०७८



पुस २, सप्तरी । सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएको हो ।

ठक्करबाट एक जना घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post