महामन्त्रीमा हार्ने देखेपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिँदै !

 कोरखबर   १ पौष, २०७८



पुस १, काठमाडौं । रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने भएका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री  उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् : नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post