ओलीको दाबी : ज्ञानेन्द्र र प्रचण्डको सहमतिमा उपद्रो भएकै थियो !

 कोरखबर   २९ मंसिर, २०७८



मंसिर २९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएर माघ १९ गतेको घटना भएको दाबी गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम उनले यस्तो टिप्पणी गरेका हुन् ।

“प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । त्यसपछि २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँचबुँदे सहमति गरेर,” ओलीले भने, “के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो रु त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।”



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post