२९ मंसिर, काठमाडौं । इलामको सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । सो क्रममा माईजोमाई गाँउपालिका–४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई–३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।
चालकसहित आठजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।