मंसिर २४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
काठमाण्डौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताउनुभयो ।
यस्तै, उहाँले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गर्नु भएको छ । कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाणले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गर्नुभएको हो भने थापाले अहिलेसम्म आफ्नो कुनै समूहमा नरहेको बताउनु भएको छ ।