३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

 कोरखबर   १ पौष, २०७८



पुस १, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए।

३८९० मतको गणना भइसकेको छ। जसमध्ये थापाले २५१२ मत पाएका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १५९७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रकाशशरण महत १२९२ मत पाएका छन्। अब गन्न बाँकी रहेको ७८९ मत महतले पाए पनि गगन थापालाई रोक्न सक्नेछैनन्।

दोस्रो र तेस्रो स्थानमा रहेका शर्मा र महतबीच ३०५ मतको अन्तर छ। यही मतान्तर अन्तिमसम्मै कायम रहेमा थापाका साथै शर्मा पनि महामन्त्रीमा विजयी हुनेछन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post