कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !

 कोरखबर   २६ मंसिर, २०७८



मंसिर २६, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ ।

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय बिहान ११ बजेसम्म निर्धारण गरिएको छ ।

यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो सवा १२ बजे हुँदैछ । यसअघि शनिवार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि बेलुका ५ बजेसम्म भएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँच बुझ शनिवार बेलुका ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निर्णय बेलुका ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको थियो ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । भोलि बिहान ८ बजेदेखि मतदान हुनेछ ।



 प्रतिक्रिया



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post