देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !

 कोरखबर   ४ पौष, २०७८



४ पुस, काठमाडौं । १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ । महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा तथा परिचर्चा गर्न यो छलफल बोलाइएको देउवानिकट एक नेताले जानकारी दिए ।

‘अब महाधिवेशनको समीक्षा गरौँ भनेर बैठक बोलाइएको हो,’ देउवानिकट एक नेताले भने, ‘यसमा सबैको भूमिका के रह्यो भन्नेबारे पनि चर्चा हुनेछ ।’

महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा देउवाइतर पक्षको प्रभाव बढी देखिएको छ । महामन्त्रीमा त देउवा प्यानलका दुई उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पराजय भोगेका छन् ।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएपछि देउवा समूहमा नै अन्तर्घातका कारण यस्तो भएको चर्चा चल्न थालेको छ ।

‘देउवा प्यानलका मतदाताले पनि अरू प्यानलका लागि मत दिएको देखिएको छ,’ देउवानिकट ती नेताले भने, ‘अनि यसको कारण देउवानिकट मानिएकै नेताहरू भएको बताइएको छ ।’

देउवा पक्षधर नेताहरूले ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउदलगायतले महामन्त्रीको आकांक्षा गरेको तर टिकट नपाए पछि यसको विरोधमा उनीहरू नै लागेको निष्कर्ष निकालेका छन् ।  यही विषयमा छलफल गर्न सोमबारका लागि देउवानिकट नेताहरूले बैठक बोलाएका हुन् । 



 प्रतिक्रिया


 थप

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ


नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन


कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !


३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !


युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !


कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !

कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !


प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !

प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post