नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन

 कोरखबर   २५ पौष, २०७८



२५ पौष, काठमाडौं । नेपाली कांग्रेस सुनारपानी–काठमान्डौ सम्पर्क समिति गठन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गोपाल कार्कीको सभापतित्वमा २५ सदस्यीय सम्पर्क समिती गठन गरिएको हो ।

सम्पर्क समितिको उपाध्यक्षमा द्वय उपेन्द्र कार्की र गोपाल रोका, सचिवद्वयमा महेश कार्की र पुर्ण बहादुर श्रेष्ठ,सह–सचिवमा द्वय प्रकाश पहरी र कोमल कार्की र कोषाध्यक्षमा बिनय कार्की रहनुभएको छ ।

मन्थली नगरपालिका–५, सुनारपानी जन्मथलो भई राजधानी काठमाडौंमा विभिन्न पेशा व्यबसाय गर्दै आईरहेका नेपाली कांग्रेसप्रती सुभेच्छा राख्ने नागरिकहरुलाई एकत्रित गरि सो समिति गठन गरिएको हो । नेपाली कांग्रेस सुनारपानी–काठमाडौ सम्पर्क समितिले सुनारपानीबाट विभिन्न काम लिएर राजधानी आउने नागरिकहरुलाई सहयोग र समन्वय गर्ने बताईएको छ । सुनारपानीका असाहय, आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको स्वास्थ्य ,शिक्षा लगाएतमा खर्च गर्ने गरि सम्पर्क समितिले निकट भविष्यमै कोष खडा गर्ने उदेश्य राखेको छ।

सम्पर्क समिति गठन कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि महेश कुमार कार्की, जिल्ला कार्यसमिति सदस्य सुमन्त कुमार कार्की , नेपाली कांग्रेस सुनारपानी वडा सभापती ध्रुव कार्की ,वडा सचिव मिलन कार्की,  तरुण दल सुनारपानीका सभापति शान्तिराज कार्की लगाएत कांग्रेस वडा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि महेश कुमार कार्कीले सम्पर्क समिती गठनले मन्थली नगरपालिकाको ५ नम्बर वडा सुनारपानीमा कांग्रेसको उपस्तिथिलाई थप मजबुत बनाउन सघाउ पु¥याउने बताउनुभयो । सुनारपानीको विकास र परिवर्तनका लागि कांग्रेसको उपस्तिथि बलियो हुनुपर्ने आवस्यकता आएको र त्यसका लागि एकजुट हुन उहाँले सबैलाई आव्हान पनि गर्नुभयो । महाधिवेशन प्रतिनिधि कार्कीले नवगठित सम्पर्क समितिका पदाधिकारिलाई ईमान्दारिता पुर्वक काम गर्न आग्रह गर्नुभयो । बेथिती र बिसंगतिका विरुद्ध बिना डर त्रास आवाज उठाउन र खबरदारी गर्न आग्रह गर्दै उहाँले आफ्नो साथ सधैं रहने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेस रामेछापका जिल्ला कार्य समिति सदस्य सुमन्त कुमार कार्कीले कम्युनिस्ट नामको राजनीतिले नेपाली व्यवस्था दलदलमा फसेको बताउनुभयो । जनताले दिएको ५ वर्षे नेतृत्वको म्यान्डेट समेत पूरा गर्न नसकेको कम्युनिस्ट सरकारले विकास र परिवर्तनको साटो देशलाई झन अन्धकारमा धकलेको कार्कीको भनाई थियो ।

उहाँले नेपाली कांग्रेसले सधै भ्रष्टाचार , बेथिती र बिसंगतिका विरुद्ध बुलन्द आवाज उठाउदै आईरहेको र निरन्तर उठाईरहने प्रतिवद्द्ता समेत जनाउनुभयो। नेपालको व्यवस्था परिवर्तन, हिंसात्मक तत्वलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लोकतन्त्रको स्थापनामा समेत नेपाली कांग्रेसको संघर्ष र बलिदानि महत्त्वपूर्ण रहेको कार्कीको जिकिर थियो ।



 प्रतिक्रिया


 थप

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ


देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !

देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !


कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !


३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !


युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !


कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !

कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !


प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !

प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post