पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु !

 कोरखबर   २४ मंसिर, २०७८



मंसिर २४,कास्की । पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ।

पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख. २९४८ नम्बरको फलामे छड ९रड० बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारी बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post