२२ मंसिर, काठमाडौं । उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-११ पिजीचोकका निवासी ५६ वर्षीय कर्ण सुन्दास रहेका छन्।
असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १-०५-००१ प ३५९२ नम्बरको मोटरसाइकलले पिजीचोकमै पैदल हिँडिरहेका सुन्दासलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते सुन्दासको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाइते भएका छन् । उनको पनि न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।