टिपरले अटोरिक्सालाई ठक्कर दियो, बाबु-छोराको घटनास्थलमै मृत्यु !

 कोरखबर   २० मंसिर, २०७८



 

२० मंसिर, बुटवल । सोमबार प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका छन् ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिएकाले थियो ।

टिपर अटोरिक्सालाई ठक्कर दिँदा सवार रहेका प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका छन् । जिल्ला अस्पताल बिजुवारमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post