मंसिर १७, काठमाडौं । गोलाप्रथाबाट शुक्रबार सर्वोच्च अदालतको पेसी तोकिएको छ। शुक्रबारका लागि दुई न्यायाधीशको एकल इजलास र ९ वटा संयुक्त इजलास तोकिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्पतालमा उपचाररत हुँदासमेत कायममुकायम नदिएको भन्दै न्यायाधीशहरु यसअघि बुधबार र विहीबार इजलासमा बसेका थिएनन्। बिहीबार त इजलास नै साढे बजेपछि तोकिएको थियो।
अदालतमा उपस्थित नुहँदा प्रधानन्यायाधीशले कामु तोक्नु पर्ने भएपनि राणाले त्यसो नगरेको भन्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरेका थिए। आज प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज भएका छन्। राणा अदालत आउने भएसँगै न्यायाधीशरु इजलासमा फर्कने तयारीमा छन्।