बागमती प्रदेश सरकारको 'न्यूनतम साझा कार्यक्रम' सार्वजनिक !

 कोरखबर   १६ मंसिर, २०७८



मंसिर १६, हेटौंडा । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासीको जीवन रक्षा, संविधानको सर्वोच्चता, सुशासन, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, गुणस्तरीय शिक्षा, आर्थिक सामाजिक रुपान्तरण, कृषि तथा उत्पादनमूखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र प्राकृतिक प्रकोपबाट पीडित नागरिकको पुनःस्थापना जस्ता कार्यक्रम प्राथमिकतामा राखिएको संयोजक दुलालले बताए।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले आगामी केही दिनमा नै प्रदेश सरकारले ती कार्यक्रम कार्यान्वयन गर्ने बताए । उनले सोही कार्यक्रमको आधारमा गठबन्धन सरकारलाई सञ्चालन गर्ने बताए । अघिल्लो सरकारले बजेट प्रस्तुत गरेका कारण प्रदेश सरकारलाई काम गर्न केही असहज परिरहेको भएपनि जनताको पक्षको योजनाहरुलाई सम्बोधन गर्ने गरी काम गरिहेको उनको भनाई छ।

उनले कार्यदलले प्रस्तुत गरेको न्यूनतम कार्यक्रममा केन्द्रीत रहेर सरकार सञ्चालन गर्ने तयारी गरेको उनले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post