आफैंले बनाएको विधि र नियम तोड्दै मन्थली नगरपालिका, विवादास्पद व्यक्तिलाई योजनाको जिम्मेवारी !

 कोरखबर   ८ असार, २०८०



असार ७, काठमान्डौ । रामेछापको मन्थली नगरपालिकाले योजना कार्यान्वयन र फरफारक तथा भुक्तानी सम्बन्धि प्रचलित कार्यविधि र नियम उल्लघंन गरी विवादास्पद योजनामा पुन् गठन गरिएको भनिएको उपभोक्ता समितिलाई कार्यादेश दिने भन्ने आशयको नीतिगत निर्णय गरेको छ ।

नगरपालिकाको वडा नम्वर ५, सुनारपानीमा खानेपानी आयोजनाका लागी प्रदेश सरकार बाट बिनियोजित २५ लाख बजेट कार्यन्वयन गर्ने क्रममा वडाले आ.व को सुरुवातमा विधि संवत् गठन गरेको उपभोक्ता समितिले योजनाको काम अघि बढाईरहेको अवस्थामा केही स्थानीय व्यक्तिले गुणस्तरीय सामग्री प्रयोग नभएको भन्दै बिबाद सिर्जना गरी बलजफ्ती काममा अबरोध खडा गरेपछि योजनाको काम गत जेष्ठ ४ गतेदेखि नै रोकिएको थियो। जेष्ठ ६ गते नगरपालिकाको अनुगमन टोली योजनास्थलमै गई विबाद सृजना गर्ने पक्ष र उपभोक्ता समितिसंग छलफल गरेर खरिद भई निर्माण स्थलमा आएका केही जि .आई पाईपको सट्टा नयाँ पाईप ल्याई काम अघि बढाउने प्रकृया थाल्न उपभोक्ता समिति लाई एक साताको समयावधि दिंदै सो समस्या सुल्झाएको थियो। जस अनुसार गत जेठ २१ गते वडाका जन प्रतिनिधि सहितको उपभोक्ता समितिको बैठकले नयाँ पाईप खरिदको लागि उपभोक्ता समितिका सदस्य कनक बहादर कार्की को संयोजकत्वमा मथुरा कार्की र श्रीजना मगर सहितको तीन सदस्यीय खरिद समिति बनाई योजनाको काम सुचारु गर्ने  निर्णय ग¥यो। तर त्यसको दुईदिन पछि एकाएक खरिद समितिका तीन जना सहित उपभोक्ता समितिका ५ जना सदस्यले सामूहिक राजिनामा दिएपछि नगरपालिकाले वडासँग कुनै समन्वय र छलफल नगरी उपभोक्ता समिति अल्पमतमा परेको भन्दै एकलरुपमा उक्त समिति बिघटन गरि उक्त समिति मार्फत कुनैपनि काम नगर्नु र गरेका कामको पनि भूक्तानि दिन नसक्ने ब्यहोराको पत्र पठाएको तत्कालीन उ.स का अध्यक्ष शान्तिराज कार्कीले बताए । बाधा ब्यवधानको बाबजुद योजना फत्ते पार्न लागीपरिरहँदा खरिद समिति र उपभोक्ता समितिका सदस्यहरुले नियोजित रुपमा नगरमा गएर राजिनामा दिएको र राजिनामाको कारण नै समिति बिघटन भयो भन्ने खबर नगरबाट पाउँदा आफू आश्चर्यचकित भएको र अन्यायमा परेको महसुस भएको कार्कीको गुनासो छ ।

नगरले गरेको समिति बिघटनको निर्णयको २४ घण्टा बित्न नपाँउँदै समिति पुर्नः गठनको कार्यादेशबेगर वडाले नयाँ समिति गठन गर्न भेला बोलाउँदै केही सिमित ब्यक्तिहरुको उपस्थितिमा जेठ २७ गते उपभोक्ता समिति गठन गरि नगरमा पेश गरेको थियो । पछि गठन प्रकृया र उपभोक्ता समिति सदस्यको योग्यता सम्बन्धी कार्यबवधिको उलंघन गर्दै गठन भएको भनी नगरमा उजुरी परेपछि उक्त समिति लाई मान्यता दिन नगरपालिकाले अस्विकार गरेको थियो । वडाले असारको ६ गते फेरि उपभोक्ता भेला भनी बोलाई जेठ २७ गते गठन गरिएको विवादास्पद समिति लाई हुबहु अनुमोदन गरि नगरमा पेस गरिएको कार्कीले जानकारी दिए ।

कार्यविधि अनुसार बिवादास्पद योजनामा पुरानो समिति भंग गर्दै गठन गरिएको नयाँ विवादास्पद समितिलाई मान्यता दिन मिल्दैन् । तर नगरपालिकाले एकपटक कार्यादेश दिन अस्विकार गरेको समितिलाई राजनितिकरण गर्दै पछि सोहि समितिलाई पुन्  मान्यता दिने निर्णय गर्नु विधि, प्रकृया र प्रचलनको हिसाबले गलत रहेको र पहिले काम गरिरहेको उपभोक्ता समितिको हकमा अन्यायपूर्ण भएको हुँदा आफुहरु न्यायलायसम्म गयर न्याय र विधि स्थापित गर्न लड्ने तत्कालीन उ.स. अध्यक्ष कार्की बताउँछन् ।

उक्त आयोजना यसअघी पनि विवादमा परेर सफल हुन सकेको थिएन । तत्कालीन वडाध्यक्ष राम ब. कार्कीले  उक्त आयोजना निर्माण गर्न आफ्नो प्रभाव र नियन्त्रणमा रहने गरी समिति गठन् गरी काम गरेका थिए । तर योजनामा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि उक्त आयोजना अलपत्र परेको थियो । नयाँ समिति गठन गरी योजना सम्पन्न गर्न वडाले कदम चालेपछि उनले काममा अवरोध गर्दै आएका थिए । कार्की विरुद्धको उजुरी अझै अख्तिायारमा विचाराधिन छ । गत बर्ष सोही योजना निर्माणमा मेसिन लगाएतका केही सामाग्री खरिद गरि भुक्तानी समेत लिएर लाखौं मूल्य बराबरका उक्त सामाग्री समेत हालसम्म छिपाउने नियतले हस्तान्तरण नगरी बिबादमा रहेका र अख्तियारमा मुद्धा विचाराधिन रहेका उनै राम ब.कार्की  र राम चन्द्र कार्की लाई नियम बिपरित क्रमशः अनुगमन समिति संयोजक र उपभोक्ता समिति सदस्य राखेको कुरा नियम बिपरित र आपत्तिजनक रहेको कार्की बताउछन् ।  यो बिषयमा उजुरी लिएर नगरको ध्यानाकर्षण गराउन जाँदा  उजुरी लिन नगरपालिका तयार नभएपछि हुलाक मार्फत उजुरी दर्ताको लागी पठाईएको कार्कीले बताए । यस विषयमा नगरपालिकामा बुझ्ने प्रयास गर्दा सम्पर्क स्थापित हुन सकेन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post