युवा वडाध्यक्षको सक्रियता , फेरिएला त सुनारपानीको मुहार ?

 कोरखबर   ३ असार, २०७९



असार ३, रामेछाप ।

असार ३, रामेछाप । सदरमुकाम मन्थली संगै जोडिएर पनि विकासमा पछि रहेको सुनारपानीको मुहार फेरिनेमा आशा पलाउन थालेको छ । सुनारपानीको वडाध्यक्षमा उर्जाशिल युवा रविन कार्की निर्वाचित भएसँगै वडामा पुराना योजनाहरुको स्तरोन्नतीले गति लिन थालेको छ भने विभिन्न नयाँ योजनाहरुमा पनि बजेट विनियोजित भएका छन् ।

नेकपा समाजवादीका तर्फबाट मन्थली नगरपालिका–५ सुनारपानीको वडाध्यक्षमा निर्वाचित भएका कार्कीले निर्वाचन अघिदेखी प्रदेश सरकारसमक्ष गरेको पहलमा सुनारपानीको भ्याउरे–गोल्मास्थान खानेपानी आयोजनाका लागी प्रदेश सरकारमार्फत २५ लाख रकम विनियोजन भएको छ । त्यस्तै वडाको छतिवन खोला–पहरी गाउँ–मचावारी महादेवस्थान सडकका लागी बाग्मती प्रदेश सरकारबाटै रु १५ लाख रकम विनियोजन भएको छ । पटक–पटकको प्रयासपछि प्रदेश सरकारका तर्फबाट उक्त योजना छनौटका लागी सफलता मिलेको वडाध्यक्ष कार्कीले बताए । कार्कीटार लिफ्ट सिंचाई योजनाका लागी ५० लाख, भ्यागुरेखोला–गोल्मास्थान–महादेवस्थान लिफ्ट खानेपानी योजनाका लागी रु ५० लाख रकम समेत माग गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । 

 वडामा यि बाहेका अन्य थुप्रै योजनाहरुलाई पनि प्रदेश सरकारले प्रथमिकता दिएर बजेट विनियोजन गरेको छ । जुगेपानी हरियाली पार्क निर्माणका लागी रु २५ लाख, शैक्षिक सुधार कार्यक्रमअन्र्तगत वडाका तिन वटा सामुदायिक विद्यालयहरु ,भैरवी मा.वी, शिवज्याती प्रा.वि र जनविजय प्रा.वि. का लागी रु ३० लाख विनियोजन भएको छ भने भैरबी मा.वि–कोल डाडा–माहादेबस्थान मचावारी सडक–खण्ड मर्मत एबम ग्राबेलका लागि प्रदेश र केन्द्र सरकारबाट ६० लाख बढि रकम विनियोजन भएको छ । 

पुर्वाधार विकास, सडक स्तरोन्नती लगाएतका विभिन्न शिर्षकमा प्रदेश सरकारले सुनारपानीका लागी थुप्रै शिर्षकमा बजेटहरु विनियोजन गरेको छ । छनौट भएका यि योजनाहरु आफ्नो पहलकदमीमा परेको भन्दै विभिन्न दल तथा तिनका प्रतिनिधिहरुले त्यसको हुर्मत लिन थालेका छन् । वडाध्यक्ष कार्की भने जसको पहलमा भएपनि वडाकै लागी बजेट आएको भन्दै त्यसको सहि सदुपयोग गर्नु सवैको दायित्व भएको बताउँछन् । समयसिमा भित्रै विनियोजित बजेटबाट तोकिएको योजना गुणस्तरीय रुपमा सम्पन्न गराउन उनले सवैसँग आग्रह पनि गरेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post