सिन्धुलीमा भीषण आगलागी, विपी राजमार्ग अवरुद्ध !

 कोरखबर   १४ मंसिर, २०७८



१४ मंसिर, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागि भएको छ । विहान करिव ९ वजेवाट हार्डवेयरको गोदामबाट सुरु भएको आगलागी दमकल, नेपाली सेना, प्रहरी र स्थानियको सामुहिक प्रयास भएपनी नियन्त्रण हुन सकेको छैन ।

आगोलागि भएसङ्गै मनिसको वाक्लो उपस्थितीले विपी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गमा संचालन हुने कुनै पनि यातायातका साधन चल्न सकेको छैन । आगोलागिको कारण भने खुल्न सकेको छैन साथै आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post