कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने !

 कोरखबर   १४ मंसिर, २०७८



मंसिर १४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो। 

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएको कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ। कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेका छन्।

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले विश्वासका मतका लागि शाहीले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । तर एमाले महाधिवेशनमा सहभागी हुन गएकाले प्रमुख प्रतिपक्ष दल एमालेका प्रदेश सभा सदस्य भने उपस्थित नहुने भएका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post