झापामा बस दुर्घटना : एकको मृत्यु, २३ घाइते !

 कोरखबर   १२ मंसिर, २०७८



१२ मंसिर, झापा । झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका-८ स्थिति बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ती भाँच्चिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post