जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु !

 कोरखबर   १० मंसिर, २०७८



मंसिर १०, झापा । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१४ शनिबारेमा एकजनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे ६ बजे शनिबारेमा टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने जनाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post