विद्यार्थी सङ्गठनले दिएको चन्दा निगमका कर्मचारीले लिन मानेनन् !

 कोरखबर   ९ मंसिर, २०७८



मंसिर ९, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् ।

विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एकरएक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् ।

आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालय परिसरमा छाडिएको अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिनुभयो ।

विद्यार्थीले निगम अगाडि नाराबाजी गर्न थालेपछि प्रहरीले तितरबितर पारेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म आफूहरूको आन्दोलन चलिरहने नेता एमसीले बताउनुभयो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post