मंसिर ९,सिन्धुली । मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको निधन भएको छ ।
विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको स्थानीय शिक्षक रामकुमार कार्कीले जानकारी दिए ।
वडाध्यक्ष बस्नेत काम विशेषले बिहीबार सिरहा पुगेका थिए ।