मंसिर ९, काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमलाई रकम हस्तान्तरण गरेको छ ।
संयुक्त विद्यार्थी संगठनले ‘भ्रष्ट आयल निगमलाई कमिसन स्वरुप’ भन्दै रकम संकलन गरेका थिए । उनीहरूले संकलित रकम आज हस्तान्तरण गरिएको अनेरास्ववियूका नेता हर्कबहादुर बमले जानकारी दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू, माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।