एक दर्जन बढी चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा !

 एजेन्सी   ९ मंसिर, २०७८



मंसिर ९, एजेन्सी । अमेरिकाले थप एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई लिएर चासो देखिएकाले व्यापार गर्ने गरी थप चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखिएको अमेरिकाले जनाएको छ।

अहिले कालोसूचीमा राखिएका केही कम्पनीले चीनको सैनिकलाई ‘क्वान्टम कम्प्युटिङ प्रोग्राम’ बनाउनका लागि सहयोग गरेको अमेरिकी राष्ट्रपतिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ताइवान, व्यापार, क्षेत्रीय संलग्नता, मानव अधिकार, कोरोना भाइरससहितका विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढ्दै गएका बेला पछिल्लो प्रतिबन्ध आएको हो।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्च्युअल वार्ता भएको थियो। सो वार्तामा व्यापारको विषयमा पनि चर्चा भएको थियो, तर त्यसले तनाव कम गर्ने पक्षमा कुनै ठोस प्रगति हासिल गर्न सकेन।

पछिल्लोपटक अमेरिकाले चिनियाँ सैनिकलाई क्वान्टम कम्प्युटिङमा सहयोग गरेको भन्दै चीनका ८ प्रविधि कम्पनीलाई कालोसूचीमा राखेको हो। यस्तै १६ जना तथा चीन र पाकिस्तानबाट सञ्चालन भएका कम्पनीलाई पनि सूचीमा राखिएको अमेरिकाको वाणिज्य विभागले जनाएको छ।

अहिले चीन, जापान, पाकिस्तान र सिंगापुरका २७ कम्पनी तथा व्यक्तिहरुलाई अमेरिकाले कालोसूचीमा राखेको हो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post