१३ चैत्र, एजेन्सी । अमेरिकामा भारी वर्षासँगै आएको तुफानमा परेर ५ जनाको मृत्यु भएको छ । अलाबामा राज्यमा तुफानका कारण घरहरू भत्किएर ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।
तुफानको प्रभाव बढ्दै गएपछि अलाबामामा अर्को सूचना जारी नभए सम्मका लागि कलेज र विद्यालय बन्द गरिएका छन् । सन् २०१९ मा आएको तुफानका कारण त्यहाँ २० जनाको मृत्यु भएको थियो ।