ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी !

 कोरखबर   २७ पौष, २०७७



लन्डन,एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध कंगे्रसमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको छ । महाअभियोगको प्रस्तावमा २ सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न ९ दिन मात्रै बाँकी रहँदा ट्रम्पमाथि महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको बीबीसीले उल्लेख गरेको छ ।

महाअभियोगको प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने डेमोक्र्याट नेताहरुले बताएका छन् । महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन भनेका छन् ।

सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । उनले आइतबार आफ्ना साथीहरुलाई पत्र पठाउँदै भनेकी थिइन्, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौँ, किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन्, हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन्, त्यसैले कारबाही तत्काल आवश्यक छ ।’

महाअभियोगको प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको र संयुत्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप छ ।

केही दिन अघि जो बाइडनको विजयी भएको औपचारिक घोषणा गर्न नदिन ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । उक्त हिंसामा परी एक प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post