अमेरिकामा झण्डै पाँच लाख कोरोना संक्रमितको मृत्यु !

 कोरखबर   ४ फागुन, २०७७



४ फाल्गुन, काठमाडौँ । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९८ हजार २०३ पुगेको एजेन्सीले  जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९४ लाख ६२ हजार ८७५ जनामध्ये १८ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । एजेन्सी 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post