अमेरिकामा प्रहरीको गोली प्रहारबाट अश्वेत नागरिकको ज्यान गयो !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, काठमाण्डौ । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको ज्यान गएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । 

अर्का एक अश्वेत जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा मिनियापलिसमा पनि प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताउनुभएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post