पौष २२,सीएनएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी यात्री जसरी नै स्कटल्यान्डमा प्रवेश गर्नबाट रोक लगाइने भएको छ ।
कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन निषेध गरिएको स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरजनले मंगलबार जानकारी दिएकी हुन् ।
नयाँ राष्ट्रपति निर्वाचित भएका जो बाइडेनको आगामी जनवरी २० मा हुने ह्वाइट हाउस प्रवेश कार्यक्रमका बेलामा ट्रम्पले स्कटल्यान्डस्थित आफ्नो गल्फ कोर्स भ्रमण गर्ने योजना बनाइरहेको यतिबेला बढ्दो आशंका रहेको छ । तर स्कटल्यान्डमा भने सोमबारदेखि जनवरीभरका लागि झन् कडा लकडाउन जारी गरिएको छ । यसअन्तर्गत अति आवश्यक कामबाहेक सबै बासिन्दालाई घरमै बस्न निर्देशन दिइएको हो ।