पाइलटलाई ड्युटी टाइमभन्दा धेरै काम लगाउन सकिएन : निगम

 कोरखबर   ८ मंसिर, २०७८



मंसिर ८, काठमाडौँ । नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको निगमले दाबी गरेको ।

निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाई काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।

काठमाडौँबाट रुकुमको सल्लेका लागि उडेको विमान सल्ले नपुगी नेपालगञ्ज अवतरण गरेको थियो । पाइलटले ड्युटी टाइम सकिएको भन्दै विमान रुकुम नलगि नेपालगञ्जमै अवतरण गराएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post