गौर नगरपालिकामा अख्तियारको छापा !

 कोरखबर   ७ मंसिर, २०७८



मंसिर ७,रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ ।

आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक  कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको  उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक  हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post