इच्छाराजले ३५ दिनभित्र ऋण तिर्नुपर्ने, नभए सुन्धाराको मल लिलाम हुने !

 कोरखबर   ६ मंसिर, २०७८



मंसिर ६, काठमाडौँ । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङ लगायतको नाममा एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न आग्रह गरेको छ ।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ अहिले ठगी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका छन् । उनीसहितको नाममा कोषले सोमबार सूचना जारी गर्दै ऋणको सावाँ र ब्याज तथा जरिवानाहरु चुक्ता गर्न भनेको छ । नभए उक्त ऋणको धितोमा रहेको सुन्धारास्थित सिटिसी (सिभिल ट्रेड सेन्टर) मल लिलाम गरिने सूचनामा जनाइएको छ ।

कोषले ३५ दिनभित्र ऋण चुक्ता नगरेमा धितोको रुपमा रहेको सुन्धाराको ६ रोपनी क्षेत्रफलमा अवस्थित सिटिसी मल र सोभित्र निर्माण गरिएका पसल कबलहरु लिलाममार्फत बिक्री गरेर असुल गरिने जनाएको हो ।

सिभिल स्टेट्सका संचालक इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाको नाममा सूचना जारी गर्दै उक्त ऋण तिर्न आउन आग्रह गरिएको छ । अहिलेसम्म कोषबाट उनीहरूले सिभिल स्टेट्सको नाममा लिएको ऋण रकमको भाखा नाघेको र ऋणको साँवा व्याज रकम नतिरेकोले कोषले पटकपटक तरताकेता गरी भुक्तानीका लागि म्याद दिँदा समेत भुक्तानी गर्न नआएपछि उक्त सूचना जारी गरेको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post