सर्वोच्चको पूर्ण बैठकको निर्णय : गोलाप्रथासम्बन्धी व्यवस्था पास !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर २, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो। पूर्ण बैठकले नियमावली संशोधन गर्ने तथा निर्देशिका पास गर्ने निर्णय भएको सर्वोच्च स्रोतले जनाएको छ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट पेसी तोक्ने छ। आजको निर्णयसँगै करिब तीन सातादेखि अवरुद्ध इजलास सुरु हुनेछ। स्रोतका अनुसार नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ।

नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो। यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ। नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामाको माग भने कायमै रहने जनाएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post