मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारबाट फिर्ता गर्न नापतौल विभागको निर्देशन !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर २, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट (ओपीसी–४३ ग्रेड), युनाइटेड सिमेन्ट (ओपीसी–५३ ग्रेड) र जगदम्बा सिमेन्ट (पीपीसी)  गुणस्तरहीन भएको ठहर गरेको छ । सम्बन्धित कम्पनीलाई यी सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ ।

उल्लेखित सिमेन्ट कम्पनीहरूले गुणस्तर मापदण्ड पूरा नगरेकोले कारबाही प्रकृया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गरिएको र सम्बन्धित उद्योग नै निरीक्षण गर्दा उल्लेखित सिमेन्ट नेपाल गुणस्तर बमोजिम नपाइएको विभागले जनाएको छ ।

सिमेन्ट उद्योगविरुद्ध विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही प्रकृया अघि बढाएको हो । 

विभागले धनुषास्थित जानकारी केबल ई. प्रालिले उत्पादन गरेको पीभीसी केबल पनि गुणस्तरहीन भएको ठहर गरेको छ । बारास्थित ग्यास वान नेपाल प्रालिले बोटलिङ गर्ने गरेको ग्यास सिलिन्डरमा पनि मापदण्ड पूरा नभएको भन्दै कारबाही अघि बढाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post