सर्वोच्चमा आजपनि लफडा, प्रहरी र वकिलहरुबीचको धकेलाधकेलमा बार अध्यक्ष घाइते !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर २, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन, कानुन व्यवसायी र प्रहरीबीच 'धकेलाधकेल' भएको छ।

बिहीबार सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीले प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएका छन्।

बारले लगातार आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश राणा मूल गेटबाट नभइ महान्यायाधिवक्ताको कार्यालय तर्फको वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post