रौतहटमा छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर २, रौतहट । छुट्टाछुट्टै घटनामा परेर रौतहटमा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–७ का अमोध पासवानका ३ वर्षका छोरा कुश पासवानको बुधवार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आमाबुवा काम गरिरहेको बेला खेलिरहेका बालक अचानक नहरमा खस्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गरूडा नगरपालिका–५, महम्मदपुरका २६ वर्षीय नन्दकिशोर यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युतको तार लगेर मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

मृतक दुवैजनाको शवको पोष्टमार्टमपछि अभिभावकको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post