मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गयो !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर २, धनगढी । कैलालीमा मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गएको छ। कैलारी गाउँपालिका-१ हसुलियामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ब७प ३३८० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको गोरुगाडा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कैलारी-३ का २५ वर्षीय सोलुचन चौधरी रहेका छन्। उनको सेती प्रादेशीक अस्पताल ल्याउँदै गर्दा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमै सवार सोही ठाउँका २४ वर्षीय बुद्धिसागर चौधरी घाइते भएका छन्। उनी सेती प्रादेशीक अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। मोटरसाइकल चालक कैलारी-३ कै लौटन चौधरी भने फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post