डोटीमा एक दम्पती रुखमा झुण्डिएको अवस्थामा भेटिए !

 कोरखबर   १ मंसिर, २०७८



१ मंसिर, डोटी । डोटीमा एक दम्पती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । नगरपालिका- १ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post