नेपालको पहिलो विद्युतीय राहदानी संस्कृतिविद् सत्यमोहन जोशीलाई !

 कोरखबर   १ मंसिर, २०७८



मंसिर १, काठमाडौं । सरकारले आजदेखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट)  को पहिलो प्रति संस्कृतिविद् सत्यमोहन जोशीलाई उपलब्ध गराएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएका हुन् ।

हाल चल्तीमा रहेको मेसिन रिडेबल पासपोर्टलाई विस्थापन गर्नेगरी सरकारले आज (मंसिर १ गते) देखि विद्युतीय पासपोर्ट परीक्षण वितरण थालेको हो । तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले सुरक्षित मान्यता दिएको छ ।

आजबाट परीक्षण वितरण थालिए पनि राहदानी विभागले विद्युतीय पासपोर्ट वितरण कार्य एक साताभित्रै नियमित र पूर्ण सेवामा परिणत गर्ने जनाएको छ । अत्यावश्यक परेका र एमआरपीलाई बनाउन चाहनेलाई भने विभागले विद्युतीय राहदानी वितरण नियमित नभएसम्म एमआरपी पासपोर्ट नै उपलब्ध गराउनेछ।

विद्युतीय पासपोर्ट कार्यान्वयन गर्न राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग दुई अर्ब ४८ करोड रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post