नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने !

 कोरखबर   २९ कार्तिक, २०७८



कात्तिक २९,काठमाण्डौ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज सोमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै राजीनामा मात्रै विकल्प भएको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराले सरकारमा मन्त्री भाग मागेको आरोपपछि सुरु भएको सर्वोच्च अदालतको विवाद बढ्दै गएको छ । नेपाल बारको अगुवाइमा कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएका छन् ।

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने नेपाल बारले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post