ओखलढुंगामा जिप दुर्घटना, तीनजनाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै !

 कोरखबर   २९ कार्तिक, २०७८



कात्तिक २९, काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।

आज बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेका अनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post