२८ कार्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।
त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो ।
कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो ।